ad ad

समाज


पोर्चुगलको समुद्रमा बेपत्ता धादिङका टेकबहादुर मृत भेटिए

पोर्चुगलको समुद्रमा बेपत्ता धादिङका टेकबहादुर मृत भेटिए

टेकबहादुर तामाङ। तस्बीर : भरत प्रधान/रासस


नेपालखबर
बैशाख ६, २०८१ बिहिबार १०:३८, काठमाडौँ

करिब २ साताअघि पोर्चुगलमा समुद्रमा डुबेर बेपत्ता नेपाली युवकको शव फेला परेको छ।

सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा गत चैत २४ गतेदेखि समुद्रमा बेपत्ता धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव भेटिएको हो। 

उनको शव समुद्री किनारमा भेटिएको राससले जनाएको छ। 

उनीसँगै पोर्चुगलको मोन्तिजोस्थित समुद्रमा पसेका धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५, कटुञ्जेकै ३० वर्षीय धनबहादुर तामाङको भने त्यही बेला मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .