सुनको मूल्य मंगलबार स्थिर छ। चाँदीको भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअनुसार छापावाल सुन १ लाख ३७ हजार २ सय र तेजाबी सुन १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ।
सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो।
तर मंगलबार चाँदीको मूल्यमा १५ रुपैयाँको गिरावट आएको छ। योसँगै आज चाँदी १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
4.5k
Shares
प्रतिक्रिया