ad ad

समाज


गृहमन्त्रीको निर्देशनपछि सादा पोशाकमा प्रहरी परिचालन रोकियो

गृहमन्त्रीको निर्देशनपछि सादा पोशाकमा प्रहरी परिचालन रोकियो

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर


नेपालखबर
चैत १५, २०८० बिहिबार १७:१९, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सादा पोसाकमा जनशक्ति परिचालन नगर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

सादा पोसाकमा परिचालन हुने घुमुवा प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले आज सादा पोसाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देश गरेको हो।

'त्यस कार्यालय तथा मातहत समेतबाट हाल परिचालन गरिएका सादा पोसाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरूको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनुहुन निर्देशानुसार अनुरोध छ,' परिपत्रमा भनिएको छ।

प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै पठाउन पनि मातहतका निकायलाई निर्देशन गरेको छ।

निर्देशन जारी गरिएका कार्यालयहरूमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र सातवटै प्रदेश प्रहरी कार्यालयलाई निर्देश गरिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .