छापा खबर


नौबिसे-नागढुंगा सडक अब ‘नो ओभरटेक जोन’

नौबिसे-नागढुंगा सडक अब  ‘नो ओभरटेक जोन’

नेपालखबर
असोज ३, २०७६ शुक्रबार ३:२३,

चाडपर्वलाई लक्ष्य गरेर नौबीसे–नागढुंगा सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको छ।

उकालो र मोडहरूमा मालवाहक सवारी ढिलो गुड्ने भएकाले जामका बेला पनि साना सवारीले ओभरटेक गरेर उल्टै थप जाम गर्ने भएपछि यो १५ किमि दूरीलाई पहिलो पटक ‘नो ओभरटेक जोन’ भनेर लेन अनुशासनमा कडाइ गरिएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

नौबीसेदेखि खानीखोला-खत्रीपौवा-सिक्रेखोलादेखि नागढुंगासम्मको खण्डमा उकालो, साँघुरो र धेरै मोड छन् ।

धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा बिहीबार धुनीबेंसी नगरपालिकामा बसेको सरोकारवालाको बैठकले पर्वमा सवारी जाम हुन नदिन यस्तो निर्णय गरेको हो ।

चाडपर्वमा हुने दैनिक १५ देखि १८ हजार सवारीसाधन व्यवस्थापन गर्न यातायात व्यवसायीसमेत जिम्मेवार हुनुपर्ने जिल्ला प्रहरी प्रमुख राजकुमार बैदवारले बताए ।

जाम हुन नदिन मालवाहक सवारीलाई दसैंअघिका एक साताअघिदेखि नै रोक लगाइनेछ । चितवनदेखि नै तिनलाई रोक लगाइनेछ ।

यात्रुलाई सुरक्षित र समयमै गन्तव्यमा पुर्‍याउन १५ किलोमिटरका विभिन्न २४ स्थानमा प्रहरी परिचालन गरिने निर्णय भएको छ ।

प्रहरीले मादक एवं लागूपदार्थ सेवनसमेत परीक्षण गर्नेछन् । काठमाडौंको नागढुंगादेखि धादिङसम्म हुने सवारी जाम हटाउन प्रदेश प्रहरी कार्यालयको प्रहरी जनशक्ति, जिल्ला प्रहरी कार्यालयको रनिङ मोटरसाइकल, रोकिएका सवारीसाधन तान्ने क्रेन धुनीबेंसी नगरपालिकालाई व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .