ad ad

ग्लोबल


९६ करोड मतदाता रहेको विश्वकै ठूलो चुनाव भारतमा सुरु, २१ राज्यका १०२ सिटमा धमाधम मतदान

९६ करोड मतदाता रहेको विश्वकै ठूलो चुनाव भारतमा सुरु, २१ राज्यका १०२ सिटमा धमाधम मतदान

मत हाल्न लामबद्ध मतदाता


नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार ७:४५, काठमाडौँ

विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक पर्व मानिने निर्वाचन आज भारतमा सुरु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार लोकसभा चुनावको पहिलो चरणमा आज २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान भइरहेको छ।

कूल संसदीय क्षेत्रको १९ प्रतिशत सिटमा मतदान सुरु भएको हो। ४४ दिने लोकतान्त्रिक चुनाव जुन १ तारिखसम्म चल्नेछ।

यसको नतिजा जुन ४ मा घोषणा हुनेछ।

भारतमा १.४ अर्ब जनसंख्यामध्ये ९६ करोड मतदाता छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावमा तेस्रो कार्यकालका लागि जित हात पार्ने आकलन गरिएको छ। 

पहिलो चरणमा मोदी सरकारका ८ मन्त्री र ३ पूर्वमुख्यमन्त्री चुनावी मैदानमा छन्।

यातायातमन्त्री नितिन गडकरी, विज्ञानमन्त्री किरण रिजजु, जलमार्गमन्त्री सर्वानन्द सोनेवाल, वातावरणमन्त्री भूपेन्द्र यादवलगायत चुनावी मैदानमा छन्।

पहिलो चरणमा आज अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अण्डमान निकोबार, जम्मू कश्मीर , लक्षद्वीप, पुडुचेरीमा मतदान हुनेछ। पहिलो चरणमा यी राज्यहरूमा ज्ञण्द्द सीटहरूमा मतदान भइरहेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .