बागमती


भक्तपुरमा इनार खन्ने क्रममा निसासिएर काका–भतिजको मृत्यु

भक्तपुरमा इनार खन्ने क्रममा निसासिएर काका–भतिजको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख १९, २०८१ बुधबार २०:३५, भक्तपुर

भक्तपुरको चाँगुनारायण नगरपालिक-४, खनालचोक सेतोमाइक्रो पार्कनजिकै इनार खन्ने क्रममा निसासिएर बुधबार दुईजनाको मृत्यु भएको छ।

भाडाको जग्गा टहरो हालेर बस्दै आएका रामेछाप उमाकुण्ड गाँउपालिका–४ प्रिति घर भएका २८ वर्षीय  सन्देश सुनुवार र निजका काका ४६ वर्षीय दीपक सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका राजन कार्कीले जानकारी दिए। 

आफू बसेको जग्गामा इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्यास निस्केर अचेत अवस्थामा रहेको जानकारी पाएलगत्तै विपद् व्यवस्थापन महाशाखा काठमाडौँबाट २५ जना, जिल्ला परिसर भक्तपुरका ३० जना प्रहरी टोली, सशस्त्र प्रहरी बलबाट नौ जनाको प्रहरी टोली र आरएनए-१६ को टोली घटनास्थल पुगेर उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगे पनि दुवैको मृत्यु भइसकेको उनले जानकारी दिए।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .