हमास लडाकु समूहले इजरायलसँगको सात महिना लामो युद्ध रोक्न इजिप्ट र कतारको युद्धबिराम प्रस्तावलाई स्वीकार गरेको बताएको छ।
दुई मध्यपूर्वी राष्ट्र कतार र इजिप्टले इजरायल र हमासबीच महिनौँदेखिको वार्ताको मध्यस्थता गर्दै आएका छन्। हमासको यस वक्तव्यलाई लिएर इजरायलबाट तत्काल कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन।
हमासको घोषणाबाट रफाहका बासिन्दा खुसियाली मनाइरहेका छन्।
हमासको प्रस्तावको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। तर केही दिनयता इजिप्ट र हमास नेताहरूले भनेका छन् कि युद्धबिराम धेरै चरणमा हुनेछ, जसमा हमासले गाजाबाट इजरायली सेना फिर्ताको बदलामा बन्धकहरूलाई रिहा गर्नेछ।
तर यो प्रस्ताव युद्ध अन्त्य र बन्धक रिहाइको माग पूरा गर्ने चरणसम्म पुग्छ कि पुग्दैन, अहिले नै भन्न नसकिने एजेन्सीहरूले उल्लेख गरेका छन्।
हमासको नियन्त्रणमा नेपाली विद्यार्थी विपिन जोशी पनि छन्।
Shares
प्रतिक्रिया