कला


यस्तो छ अनमोल र जसिता स्टारर ‘फर्की फर्की’ को टाइटल गीत

यस्तो छ अनमोल र जसिता स्टारर ‘फर्की फर्की’ को टाइटल गीत

नेपालखबर
बैशाख १५, २०८१ शनिबार १९:४६, काठमाडौँ

फिल्म ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ। ट्रेलरले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको समयमा फिल्मको पहिलो गीत ल्याइएको हो।

प्रेमिल गीतमा रोमन बज्राचार्य र निकिता थापाको स्वर सुन्न सकिन्छ। गीतमा रोमनकै शब्द र संगीतमा रहेको छ।

गीतको भिडिओमा मुख्य कलाकार अनमोल केसी र जसिता गुरुङ फिचर्ड छन्। भिडिओमा अनमोल र जसिताको अनस्क्रिन रोमान्स देख्न सकिन्छ।

किरण थापाको कोरियोग्राफी रहेको भिडिओलाई विजेश पौडेलले सम्पादन गरेका हुन्। सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ।

अनमोल र जसितासहित रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ।

फिल्म ‘फर्की फर्की’लाई नरेन्द्र मैनालीले खिचेका हुन्। यो फिल्म आगामी जेठको १० गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .