कला


नीतिको डेब्यू फिल्म ‘खजुरे ब्रो’ लाई मल्टिप्लेक्स हलमा न्यून शो

नीतिको डेब्यू फिल्म ‘खजुरे ब्रो’ लाई मल्टिप्लेक्स हलमा न्यून शो

नेपालखबर
बैशाख २७, २०८१ बिहिबार १३:२, काठमाडौँ

नीति शाहको डेब्यू फिल्म ‘खजुरे ब्रो’ ले नेपालका मल्टिप्लेक्स हलबाट न्यून शो पाएको छ। भोलिबाट प्रदर्शन हुने यस फिल्मलाई अधिकांश हलहरुले कम शो दिएका छन्।

देशकै ठूलो मल्टिप्लेक्स उपत्यकाभरिका हलहरूबाट शुक्रबारका लागि जम्मा पाँच शो पाएको छ। त्यसैगरि, एफ क्युब सिनेमाज, बिग मुभिज, वान सिनेमाज, आइएनआई सिनेमाज लगायतका मल्टिप्लेक्स हलले एक शो मात्रै उपलब्ध गराएका छन्। जसकारण यो फिल्मले ओपनिङ खासै सुखद् नहुने देखिन्छ। 

सिनेमाले धरान र आसपासका क्षेत्रमा चर्चित रहेका खजुरे पात्रको कथा पेस गर्छ। धरान आसपासमा डुलिहिँड्ने यी पात्रको केही वर्ष अगाडि मृत्यु भइसकेको छ।

जीवनको पछिल्लो समयमा धरानमा मानिसहरुका लागि मनोरञ्जनको पात्र बनेका उनी त्यो अवस्थामा आइपुग्नुका पछाडि दुस्खान्त कहानी रहेको बताइन्छ। ‘खजुरे ब्रो’ले तिनै घटनाहरुलाई आफ्नो विषय बनाएको छ।

धरानमा प्रिमियर गरिएको फिल्मलाई वितरकहरूले विश्वास नगरेको देखिन्छ। यद्दपी, माउथ पब्लिसिटी राम्रो भएको खण्डमा शो बढ्न पनि सक्छ। 

यस फिल्ममा नीतिसहित रेयर राई, महेश, नीतिसहित नविन मानन्धर, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राई लगायतको अभिनय छ। फिल्ममा धरानका मेयर हर्क साम्पाङ अतिथि कलाकारको भूमिकामा देखिएका छन्।

यो फिल्म सुरज सुनुवारको लेखन र निर्देशनमा बनेको हो। दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको फिल्ममा सुरजसहित नवीन मानन्धरको लगानी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .