प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिभिजन शृंखला ‘ठुल्दिदी’ बन्ने भएको छ।
शुक्रबार राजधानीमा उक्त सिरिजको शुभमुहूर्त गरिएको छ।
निर्मात्री प्रज्ञाकै निर्देशन रहने टेलिसिरिजमा उनीसहित विष्णु रिजाल, माधव खनाल, आमिश्का बुढाथोकी, विमल धमला र विनयराज पौडेलको अभिनय रहनेछ।
लय संग्रौलाको लेखन र गीत रहेको सिरियलमा विकास चौधरीका संगीत, विमल धमलाको प्रोडक्सन र मदनकश्यप घिमिरेको छायांकन रहनेछ।
प्रज्ञाले यसअघि ठूलो पर्दामा ‘सम्झना’, ‘नोटबुक’, ‘सपुत’, ‘न बिर्से तिमीलाई’लगायत फिल्म निर्माण गरिसकेकी छन्।
प्रज्ञाले निर्माण गरेको ‘सिन्दुर’ हिट टेलिसिरियलमा पर्दछ।
30
Shares
प्रतिक्रिया