ad ad

कारोबार


सामसङको नयाँ फोन एम१४ एलटीई बजारमा, मूल्य कति?

सामसङको नयाँ फोन एम१४ एलटीई बजारमा, मूल्य कति?

नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार १४:५१, काठमाडौँ

स्मार्टफोन ब्राण्ड सामसङले ग्यालेक्सी एम१४ एलटीई सार्वजनिक गरेको छ।

नयाँ फोनमा ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविधाहरू रहेका छन्। 

फोनमा एफ१.८ लेन्ससहितको शक्तिशाली ५० एमपी ट्रिपल क्यामेरा सेटअप, १३ मेगापिक्सेलका फ्रन्ट क्यामरा छ। 

यसमा बलियो ५००० एमएएच ब्याट्री र २५ वाटको द्रुत चार्जिङ सुविधा छ। फोनमा अत्याधुनिक क्वाल्कम स्न्यापड्रागन ६८० अक्टा–कोर प्रोसेसर पनि छ। फोनले ६ जीबीसम्मको र्याम, र थप ६ जीबी भर्चुअल र्यामको सुविधा दिएको छ। 

यसमा ६.७’ पीएलएस एलसीडी इन्फिनिटी यू डिस्प्ले छ। फराकिलो स्क्रिनले टेक–प्रेमी जेन–जेट र मिलेनियल प्रयोगकर्तालाई सोशल मिडिया फिडहरूमार्फत स्क्रोलिङलाई सरल बनाउने कम्पनीको भनाइ छ। 

एम१४ एलटीईमा एन्ड्रोइड १३ प्लेटफर्ममा बनेको वान यूआई ५.१ कोर सुविधा छ। यसका लागि कम्पनीले दुई पुस्तासम्म ओएस अपग्रेड र ४ वर्षको सुरक्षा अपडेटको सुनिश्चितता गरेको छ। 

यो फोन निलो र गाढा निलो रंगमा उपलब्ध छ। यसको ४/६४ जीबीलाई १६ हजार ९ सय ९९ र ६/१२८ जीबीलाई २१ हजार ९ सय ९९ मूल्य तोकिएको छ। यो मोडेल देशभरका सबै रिटेल आउटलेटहरूमा सजिलै उपलब्ध रहेको कम्पनीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .