ad ad

सुदूरपश्चिम


कैलालीमा दुई मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु

दसैँ मनाउन काठमाडौँबाट घर फर्किँदै थिए, बाटोमै ज्यान गुमाए
कैलालीमा दुई मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
असोज १५, २०८१ मंगलबार ७:३७, कञ्चनपुर

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका-१ सोमबार राति ९ बजेतिर दुई मोटरसाइकल आपसमा ठोकिएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कवीन्द्र बोहराका अनुसार दुर्घटनामा कैलालीको जानकी गाउँपालिका-८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको हो। 

चौधरीले चलाएको से ६ प ६२७९ र मल्लले चलाएको बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन्। 

मल्लको मोटरसाइकलमा सवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ कै २२ वर्षीय दीपक बोहरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

मल्ल दसैँ मनाउन काठमाडौँबाट घर फर्किँदै थिए। तर दुर्घटनामा परेर बाटोमै ज्यान गुमाए।

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका मल्ल र चौधरीलाई उपचारका लागि धनगढीको नवजीवन अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतक दुवैको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .