ad ad

सुदूरपश्चिम


सुदूरपश्चिम विश्वविद्यालयका प्रशासन अधिकृत जोशीको करेन्ट लागेर मृत्यु

सुदूरपश्चिम विश्वविद्यालयका प्रशासन अधिकृत जोशीको करेन्ट लागेर मृत्यु

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १८:०, काठमाडौँ

सुदूरपश्चिम विश्वविद्यालयका प्रशासन अधिकृत ५५ वर्षीय कृष्णदत्त जोशीको करेन्ट लागेर मृत्यु भएको छ। शुक्रबार दिउँसो महेन्द्रनगरस्थित विश्वविद्यालयको कार्यकक्षमा फाइबरको तार मिलाउने क्रममा करेन्ट लागेर जोशीको मृत्यु भएको हो।

भीमदत्त नगरपालिका–१८ कटानका जोशीलाई करेन्ट लागेर घाइते भएपछि उपचारका लागि महाकाली प्रादेशिक अस्पताल ल्याइएको थियो। अस्पाल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका छन्। 

महाकाली प्रादेशिक अस्पालमा दिउँसो ४ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिए।

शव पोष्टमार्टमका लागि अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .