सुदूरपश्चिम


सुदूरपश्चिममा सरकार जोगाउने कांग्रेसको प्रयास : नागरिक उन्मुक्तिका मन्त्री थपिए

सुदूरपश्चिममा सरकार जोगाउने कांग्रेसको प्रयास : नागरिक उन्मुक्तिका मन्त्री थपिए

नेपालखबर
फागुन २५, २०८० शुक्रबार २१:३८, कैलाली

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि माओवादी र एकीकृत समाजवादीका मन्त्री हटाएका मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका ३ सांसदलाई सरकारमा भित्र्याएका हुन्।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन्। यस्तै इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मा दिइएको छ भने खुसीराम चौधरीलाई बिनाविभागीय मन्त्री बनाइएको छ।

नवनियुक्त तीनै जना मन्त्रीलाई आजै पद तथा गोपनीयताको शपथ गराइएको छ।

नागरिक उन्मुक्तिकै भूमि व्यवस्थामन्त्री रामेश्वर चाैधरीको जिम्मेवारी यथावत छ।

कैलाश चाैधरी राज्यमन्त्रीबाट फिर्ता भएका छन्। उनको ठाउँमा इन्दिरालाई ल्याइएको हो।

नागरिक उन्मुक्तिले यहाँ मुख्यमन्त्री नै दाबी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .