विश्वकपमा ५६ वर्षपछि उपाधि उचाल्ने दाउमा रहेको इंग्ल्यान्डले कतारमा सानदार सुरुवात गरेको छ।
अर रायानस्थित खालिफा अन्तराष्ट्रिय मैदानमा इरानमाथि गोल वर्षा गर्दै इंग्ल्यान्डले सुखद सुरुवात गरेको हो। पहिलो खेलमै इरानमाथी ६–२ गोल अन्तरको जित दर्ता गर्यो।
खेलको पहिलो हाफमा ३ गोल गरेको इङल्याडले दोस्रो हाफमा पनि ३ गोल थप्यो। इरानका मेहदी तरेमीले शान्त्वना गोल फर्काए।
इरानविरुद्ध इंग्ल्यान्डका बुकायो साकाले दुई गोल गरे। रहिम स्टलिङ, मार्कस रासफर्ड, ज्याक ग्रिलिस र जुडे बलिङघमले एक-एक गोल थपे।
खेलको २८ औँ मिनेटमा साकाको प्रहारले पोष्टको दिसा लिन नसक्दा इंग्ल्यान्ड अग्रता बनाउन चुक्को थियो। त्यसको २ मिनेटपछि माउण्टको प्रहार पहिलो बारमा लाग्दै बाहिरिदा इंग्ल्यान्डले अग्रता बनाउन सकेको थिएन। इरानको पोष्टमा लगातार इङ्ल्याण्डले दबाब बनाएको थियो।
खेलको २० औँ मिनेटमा इरानका पहिलो रोजाइका गोलरक्षक अलि बिरानचन्द घाइते भएपछि इरान थप संकटमा पर्यो। उनको स्थानमा होस्सेन होस्सेनीले गोलपोष्ट सम्हाले।
३५ औँ मिनेटमा जुडे बिलिङघमले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए। बिलिङघमले डिफेन्डर ल्युक स को पासमा उत्कृष्ट गोल गरेका थिए।
खेलको ४३ औँ मिनेटमा बुका साकाले गोल गर्दै अग्रता दोब्बर पारे। साकाले मगुइरेको पासमा गोल गरेका हुन्।
पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा रहिम स्टलिङले कप्तान ह्यारी केनको पासमा गोल गर्दै खेललाई ३–० को अवस्थाामा ल्याए।
खेलको ६२ औँ मिनेटमा बुकायो साकाले व्यक्तीगत दोस्रो गोल गर्दा टोली ४–० ले अघि बढ्यो।
६५ औँ मिनेटमा इरानका मेहदी तरेमीले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए।
७१ औँ मिनेटमा इंग्ल्यान्डका मार्कस रासफोर्डले गोल गर्दा टोलीले ५–१ को अग्रता लिएको थियो। वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ज्याक ग्रिलिसले ९० औं मिनेटमा गोल गरे। अतिरिक्त समयको अन्तिम मिनेटमा पेनाल्टी पाएपछि इरानले गोल गर्दै खेल ६–२ ले टुंग्याएको हो। इरानका लागि मेदि तरेमिले नै अर्काे गोल गरेका हुन्।
अन्तर्राष्ट्रिय फुटबलमा पहिलो भेटमै इरानमाथि इंग्ल्यान्ड हावी भएको हो। एक पक्षीय खेलमा इंग्ल्यान्डको रक्षापक्ती तोड्न इरानलाई हम्मेहम्मे परेको थियो।
सन् १९६६ मा घरेलु मैदानमा विश्वकप आयोजना गर्दा उपाधि उचालेको इंग्ल्यान्ड त्यसयता उपाधि नजिक पुगेर पनि चुक्दै आएको छ।
इंग्ल्यान्ड सन् २०१८ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो।
तेस्रो स्थानका लागि भएको खेलमा बेल्जियमसँग २–० ले पराजित भएको इंग्ल्यान्ड अहिले ५६ वर्षपछि उपाधि उचाल्ने लक्ष्यमा छ।
इंग्ल्यान्ड रहेको समूहमा इरान, अमेरिका र वेल्स छन्। इंग्ल्यान्डले दोस्रो खेलमा मंसिर ९ गते मध्यरात अमेरिकासँग र समूहको अन्तिम खेल मंसिर १३ गते मध्यरात वेल्ससँग भिड्नेछ।
प्रतिक्रिया