ad ad

खेल


विश्व कीर्तिमानपछिको खुसी, सन्दीपले ढोगे मैदान (तस्बिरहरु)

विश्व कीर्तिमानपछिको खुसी, सन्दीपले ढोगे मैदान (तस्बिरहरु)

दुर्लभ विश्व कीर्तिमान बनाएपछि त्रिवि क्रिकेट मैदान ढोग्दै सन्दीप लामिछाने। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख ८, २०८० शुक्रबार १४:३७, काठमाडौँ

राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिएसँगै दुर्लभ विश्व कीर्तिमान बनाएका छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सन्दीपले ओमानका आदिल साफिकको विकेट लिएसँगै विश्व कीर्तिमान आफ्नो नाममा दर्ता गराएका हुन्।

सन्दीपले १२ ओभरको तेस्रो बलमा साफिकलाई पेवेलियनको बाटो देखाएका थिए। साफिक ३३ बलमा १३ रन बनाएको अवस्थामा एलबीडब्लु धरापमा परेका हुन्। 

योसँगै सन्दीपले ओडिआइ क्रिकेट इतिहासमा सबैभन्दा छिटो १ सय विकेट लिने विश्व कीर्तिमान आफ्नो नाममा गरेका हुन्। सन्दीपले ४२ खेलमा एक सय विकेट लिँदै अफगानिस्तानका रसिद खानको कीर्तिमान तोडेका हुन्। 

दुर्लभ कीर्तिमान बनाएपछि सन्दीपले क्रिकेट मैदान ढोगेर खुसी साटे। त्यसक्रममा उनलाई नेपाली क्रिकेट टोलीका सदस्यहरुले बोकेर हौसला बढाए। 

यसअघि ओडीआईमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो। रसिदले ४४ खेलमा सय विकेट लिएका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .