युगान्डामा जारी वुमन्स डे कप क्रिकेटमा नेपालविरुद्ध हङकङले पहिले ब्याटिङ गर्ने भएको छ।
टस जितेपछि हङकङले पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो।
यो खेल नेपाललाई भन्दा हङकङलाई फाइनलमा पुग्नका लागि जित्नै पर्ने दबाब छ।
नेपाल भने जिते पनि फाइनल नपुग्ने निश्चित भइसकेको छ।
खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे सुरु भएको छ।
यसअघिका ५ खेलमा नेपाल ४ खेलमा पराजित भएको छ। पहिलो चरचणमा हङकङसँग २ रनले पराजित भएको थियो। युगान्डालाई पहिलो चरणमा एक विकेटले पराजित गरे पनि बाँकी सबै खेलमा नेपाल पराजित भएको छ।
यसअघि बिहीबार युगान्डासँग ४० रनले पराजित हुँदा नेपालको फाइनल पुग्ने सम्भावना औपचारिक रुपमै सकिएको हो।
नेपालको टिममा कप्तान इन्दु शर्मासँगै, अलिशा कुमारी यादव, बिन्दु रावल, ईश्वरी विष्ट, पूजा महतो, रचना कुमारी चौधरी, राजमती ऐरी, रिया शर्मा, रोमा थापा, सम्झना कुमारी खड्का, साना प्रवीण छन्।
Shares

प्रतिक्रिया