ad ad

खेल


'एम्बाप्पे २००% पीएसजी मै रहन्छन्'

'एम्बाप्पे २००% पीएसजी मै रहन्छन्'

एजेन्सी
असार ३, २०७६ मंगलबार ७:५०,

पेरिस सेन्ट जर्मन(पीएसजी)का मालिक नासिर अल खालिफीले फ्रेन्च फरवार्ड केलियन एम्बाप्पे २००% पीएसजी मै रहने बताएका छन्। 

एकवर्ष अघिमात्रै मोनाकोबाट आएका एम्बाप्पे पीएसजीबाट बाहिरिने चर्चा चलेका बेला क्लबका अध्यक्षको यस्तो भनाइ आएको हो। 

'म यी क्रेजी खेलाडीलाई क्लबबाट जान दिने पक्षमा छैन्,' खालिफीले भने। 

गत सिजनमा पीएसजीका लागि एम्बाप्पेले सबै प्रतियोगिताहरुमा ४३ खेल खेल्दै ३९ गोल गरेका थिए।

यस्तै खालिफीले अर्का स्टार नेमार क्लबमा सन्तुष्ट नरहेको हल्ला पनि निराधार भएको बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .