ad ad

खेल


क्रिकेट विश्वकपः पाकिस्तानलाई भारतको विशाल लक्ष्य

क्रिकेट विश्वकपः पाकिस्तानलाई भारतको विशाल लक्ष्य

एजेन्सी
असार १, २०७६ आइतबार १४:३,

क्रिकेट विश्वकप २०१९ मा जारी खेलमा भारतले पाकिस्तानलाई ३ सय ३७ रनको विशाल लक्ष्य दिएको छ। 

इंग्ल्याण्डको म्यानचेस्टरमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३६ रन बनायो। 

भारतका लागि ओपनर रोहित शर्माले १ सय ४० रनको पारी खेले। रोहितले ११३ बलमा १४ चौका र ३ छक्का प्रहार गरे। उक्त शतक उनको ओडिआई करिअरको २४औं शतक हो। 

जारी विश्वकपमा रोहितको यो दोस्रो शतक हो। यसअघि रोहितले भारतको पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध नटआउट १ सय २२ रनको पारी खेलेका थिए। 

रोहितसँगै भारतका लागि विराट कोहलीले  ७७ रन जोडे। ६५ बल खेलेका उनले ७ चौका प्रहार गरे। विराटसँगै केएल राहुलले पनि ५७ रनको अर्धशतकीय पारी खेलेका थिए। ७८ बल खेलेका केएलले ३ चौका र २ छक्का प्रहार गरे।

शिखर धवन घाइते भएपछि रोहितको ओपनिङ पार्टनरका रुपमा केएल राहुल क्रिजमा आएका थिए। पहिलो विकेटका लागि उनीहरुले १ सय ३६ रनको साझेदारी गरेपछि भारत विशाल स्कोर तर्फ अघि बढेको थियो। 

२४औं ओभरको अन्तिम बलमा राहुललाई वाइब रइजले बाबर आजमको हातबाट क्याच गराएपछि दोस्रो विकेटका लागि रोहितले विराटसँग ९८ रनको साझेदारी गरे। 

३९औं ओभरमा हसन अलीले रोहितलाई वाइबको हातबाट क्याच गराए। त्यसपछि भने पाकिस्तानले हार्दिक पाण्ड्यालाई १६ र एमएस धोनीलाई एक रनमा पवेलियन फर्काउँदै खेलमा फर्कने प्रयास गरेको थियो। 

४७औं ओभरमा वर्षाले केहीबेर खेल अवरुद्ध भएको थियो। खेल सुचारु भएपछिको सातौं बलमा विराटलाई मोहम्मद आमिरले विकेटकिपर सर्फराज अहमदबाट क्याच गराए। ६५ बल खेलेका विराटले ७ चौका प्रहार गरे। 

यस्तै विजय शंकर १५ र केदार जादब ९ रनमा नटआउट रहे। पाकिस्तानका मोहम्मद आमिरले ३ तथा हसन अली र वाइज रइजले समान १-१ विकेट लिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .