ad ad

खेल


क्रिकेट विश्वकपः भारत र पाकिस्तानबीचको खेलमा वर्षा बाधक

क्रिकेट विश्वकपः भारत र पाकिस्तानबीचको खेलमा वर्षा बाधक

एजेन्सी
असार १, २०७६ आइतबार १३:१२,

क्रिकेट विश्वकप २०१९ मा जारी भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण अवरुद्ध बनेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ४६.४ ओभरमा ४ विकेट गुमाएर ३ सय ५ रन बनाएको स्थितिमा खेल वर्षाले रोकिएको हो। 

खेल रोकिदा क्रिजमा भारतका कप्तान विराट कोहली नटआउट ७१ रन बनाएर खेलिरहेका छन् भने भर्खरै क्रिजमा आएका विजय शंकर ३ रनमा नटआउट छन्। 

त्यसअघि रोहित शर्माको शतक र केएल राहुलको अर्धशतकमा भारत ठूलो लक्ष्यतर्फ अघि बढेको थियो। रोहितले ११३ बलमा १४ चौका र ३ छक्कासहित १ सय ४० रन जोडे।

यस्तै केएल राहुलले ७८ बलमा ५७ रन जोड्दा ३ चौका र २ छक्का प्रहार गरे। त्यसबाहेक हार्दिक पाण्ड्या २६ र एमएस धोनी १ रनमा आउट भए।
पाकिस्तानका मोहम्मद आमिरले २ तथा हसन अली र वाइब रइजले एक एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .