ad ad

खेल


पाकिस्तानविरुद्ध रोहित शर्माको शतक

पाकिस्तानविरुद्ध रोहित शर्माको शतक

एजेन्सी
असार १, २०७६ आइतबार ११:३१,

आइसिसी क्रिकेट विश्वकप-२०१९ अन्तर्गत पाकिस्तानविरुद्धको आइतबार जारी खेलमा भारतका रोहित शर्माले शतक प्रहार गरेका छन्। 

ओपनर रोहितले ८५ बलमा ९ चौका र ३ छक्काको मद्दतमा शतक पूरा गरेका हुन्। यो उनको वान डे करिअरको २४औं शतक हो। 

जारी विश्वकपमा रोहितको यो दोस्रो शतक हो। यसअघि रोहितले भारतको पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध नटआउट १ सय २२ रनको पारी खेलेका थिए। 

विराट कोहलीपछि विश्वकपमा शतक प्रहार गर्ने रोहित शर्मा दोस्रो भारतीय खेलाडी बनेका छन्। यो रोहितको समग्रमा विश्वकपको तेस्रो शतक समेत हो।

८५ बलमा शतक पूरा गर्दै रोहित पाकिस्तानका विरुद्ध छिटो शतक पूरा गर्ने तेस्रो खेलाडी समेत बनेका छन्। यसअघि विरेन्द्र सेहवागले ८० र ८४ बलमा पाकिस्तानविरुद्ध शतक प्रहार गरेका थिए।

रोहितले ३४ बलमै अर्धशतक प्रहार गरेका थिए। ओडिआइ करिअरमा यो उनको सबैभन्दा छिटो अर्धशतक पनि हो।

यस्तै शिखर धवन घाइते भएपछि रोहित शर्मासँग ओपनिङ गर्न आएका केएल राहुलले पनि अर्धशतक प्रहार गरेका छन्। दुबै जनाले पाकिस्तानविरुद्ध १३६ रनको ओपनिङ साझेदारी गरेका थिए। यो पाकिस्तानविरुद्ध भारतीय ओपनिङ जोडीले गरेको सबैभन्दा ठूलो साझेदारी समेत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .