ad ad

खेल


जब छुरी–कांटा लिएर पाकिस्तानी खेलाडीमाथि हरभजन आक्रामण गर्न निस्के

जब छुरी–कांटा लिएर पाकिस्तानी खेलाडीमाथि हरभजन आक्रामण गर्न निस्के

नेपालखबर
जेठ ३२, २०७६ शनिबार ११:३९,

दक्षिण अफ्रिकामा २००३ मा भएको विश्वकपका बेला भारतका हरभजन सिंह र पाकिस्तानका मोहम्मद यूसुफ हातमा छुरी–कांटा लिएर भिड्न गएका थिए।

१६ वर्ष अघि भएको उक्त घटनालाई स्मरण गर्दै हरभजनले हास्दै भने, ‘त्यसबेला माहौल यति बिग्रिएको थियो कि वासिम अकरम, राहुल द्रविड तथा जवागल श्रीनाथ जस्ता सिनियर खेलाडीहरु नै हामीलाई छुटाउन आउनु परेको थियो।’

खासमा यो खेल सचिन तेन्दुल्करको ऐतिहासिक ९८ रनको पारीका लागि याद गरिन्छ तथा हरभजन र मोहम्मद यूसुफबीच भएको उक्त किस्सा पनि अहिलेसम्म मानिसहरुले भुलेका छैनन्।

के भएको थियो?
हरभजनले भने, ‘यो एउटा मजाकबाट सुरु भएको थियो तर पछि गलत दिशातर्फ अघि बढ्यो। मलाई उक्त खेलमा ड्रप गर्दै अनिल कुंबेलेलाई स्थान दिइएको थियो। आफू प्लेइङ इलेभेनमा नपर्दा कुनैपनि खेलाडी दुखी हुन्छ। लञ्जको बेला म एक टेबुलमा बसेको थिए उता अर्को टेबुलमा यूसुफ र शोएब अख्तर थिए। यूसुफ र म पन्जाबी बोल्दै मजाक गरिरहेका थियौं। त्यसबेला उसले अचानक मेरो व्यक्तिगत मामलामा टिप्पणी गरे। त्यसपछि मेरो धर्मको बारेमा केही भने। मैले पनि त्यस्तै जवाफ फर्काए। त्यसले माहौल बिग्रियो र हामी एकअर्कालाई आक्रामण गर्न कुर्सीबाट उठ्यौं।’

‘राहुल द्रबिड र श्रीनाथले मलाई रोके भने वसीम अक्रमर र सइदले यूसुफलाई रोके,’ हरभजनले थपे, ‘हाम्रो उक्त क्रियाकलापले सिनियर खेलाडीहरु निराश भएका थिए। र हामीलाई यस्तो फेरि नगर्न सुझाव दिए। तर, अहिले कहिलेकाही यूसुफसँग भेट हुँदा हामी उक्त १६ वर्षअघिको घटना सम्झेर हास्ने गर्छौ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .