ad ad

खेल


क्रिकेट खेलाडीको ‘म्याच फी’ तोकियो

क्रिकेट खेलाडीको ‘म्याच फी’ तोकियो

नेपालखबर
जेठ २६, २०७८ बुधबार ९:५५,

नेपाल क्रिकट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले एक दिवसीय खेलबापत पाउने रकम तोकेको छ।

खेलाडीले एक दिवसीय खेल खेले वापत पुरुष खेलाडीले प्रति खेल १० हजार र महिला खेलाडीले ५ हजार रुपैयाँ ‘म्याच फी’ पाउने भएका छन्। क्यानले मगंलबार आर्थिक कार्यविधि र नियमावली २०७७ पारित गर्दै सो निर्णय गरेको हो।

ग्रास रुटबाट आउने खेलाडी देखि अम्पायर, अफिसियल, क्यान पदाधिकारी, ग्राउन्ड स्टाफ, जिल्ला र प्रदेश सबैले पाउने अधिकार, भत्ता, सेवा सुविधालाई सुनिश्चित गर्दै आर्थिक कार्यविधि र नियमावली २०७७ जारी गरेको क्यान कोषाध्यक्ष रोशन सिंहले बताएका छन्। क्यानले कोषाअध्यक्ष रोशनसिंह, सदस्य दुर्गाराज पाठक र माधव कर्माचार्य रहेको आर्थिक समितिले प्रस्तुत गरेको प्रस्तावित नियमावली पारित गरेको हो।

नयाँ आर्थिक नियमावली अनुसार अब अन्तर्राष्ट्रिय ओडीआई खेलको म्याच फी वापत पुरुष टोलीका खेलाडीले १० हजार र महिला खेलाडीले ५ हजार पाउनेछन्। टि२० अन्तर्राष्ट्रिय प्रतियोगितामा पुरुष खेलाडीले ५ हजार तथा महिला खेलाडीले ३ हजार महिला पुरुष दुवै खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिताको बन्द प्रशिक्षणमा रहँदा दैनिक पाँच सय भत्ता पाउने छन्।

यस्तै गतवर्ष भएको अन्तर्राष्ट्रिय ओडीआई र टि ट्वान्टी आईको म्याच फि वापतको ५ हजार रुपैयाँ पनि खेलाडीलाई उपलब्ध गराउने निर्णय गरेको छ।

एक दिवसीय घरेलु प्रतियोगितामा पुरुष खेलाडीले दैनिक भत्ता २ हजार ५ सय र महिला खेलाडीले २ हजार प्राप्त गर्ने छन्। टि२० घरेलु प्रतियोगितामा पुरुष टोलीले दैनिक भत्ता २ हजार र महिला खेलाडीले १ हजार पाँच सय प्राप्त गर्ने छन्।

क्लोज क्याम्पको म्याच फी पाँच सय रुपैयाँ दिइनेछ भने उमेर समूहको राष्ट्रिय प्रतियोगितामा म्याच फि एक हजार रुपैयाँ दिइनेछ। यो म्याच फी खाना, बस्न र यातायात बाहेक हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .