ad ad

खेल


विश्वकप छनोट खेल : भारतले निकाल्यो पहिलो जित, बंगलादेश २-० ले पराजित

विश्वकप छनोट खेल : भारतले निकाल्यो पहिलो जित, बंगलादेश २-० ले पराजित

नेपालखबर
जेठ २५, २०७८ मंगलबार ५:१२,

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को दोस्रो चरणको छनोट खेलमा भारतले पहिलो जित निकालेको छ।

भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले दुई गोल गरेपछि समूह ‘इ’ मा रहेको भारतले विश्वकप छनोटमा पहिलो जित निकालेको हो।

सोमबार राति दोहास्थित जसिम विन हमाद स्टेडियममा भएको खेलमा भारतले बंगलादेशलाई २–० ले पराजित गरेको छ। समूह चरणका ३ खेलमा हार भोगेको भारतले ३ खेलमा बराबरी गरेको थियो।

७९औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले हेडमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। दोस्रो हाफको अतिरिक्त समयमा कप्तान क्षेत्रीले गोल गर्दै भारतको जित पक्का गरे।

जितसँगै ७ खेलबाट ६ अंक बनाएको भारत समूह चरणको तेस्रो स्थानमा उक्लिएको छ। विश्वकप आयोजक कतार ८ खेलबाट २२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ।

६ खेलबाट १२ अंक जोडेको ओमान तालिकाको दोस्रो स्थानमा छ। पाँच अंक भएको अफगानिस्तान चौथो र २ अंक भएको बंगलादेश तालिकाको पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .