ad ad

खेल


विश्वकप छनोट : नेपालको पोस्टमा जोर्डनको तेस्रो गोल

विश्वकप छनोट : नेपालको पोस्टमा जोर्डनको तेस्रो गोल

नेपालखबर
जेठ २४, २०७८ सोमबार १७:१५,

विश्वकप छनोट-२०२२ र एसियन कप-२०२३ अन्तर्गत जारी जोर्डनविरुद्धको खेलमा नेपाल ३-० गोलअन्तरले पछाडि परेको छ। 

खेलको ६७औं मिनेटमा जोर्डनका यजन अलबारले जोर्डनका लागि हेडरमार्फत तेस्रो गोल गरे।

त्यसअघि दोस्रो हाफको सुरुवातमै जोर्डनले फ्रिकिकमार्फत अग्रता दोब्बर पारेको थियो। डीबक्सबाहिर जोर्डनका बाहा फैजल सेफले गरेको प्रहार पोस्टको माथिल्लो भाग हुँदै गोलमा परिणत भएको थियो। 

त्यसअघि खेलको २४औं मिनेटमा जोर्डनले पेनाल्टीमार्फत बनाएको अग्रता पहिलो हाफको एकमात्रै गोल रह्यो।

नेपालका रक्षक रोहित चन्दले पेनाल्टी एरियामा जोर्डनका खेलाडीमाथि फउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। 

उक्त पेनाल्टीलाई बहा फैजल सेफले गोलमा परिणत गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए।

समूह चरणमा नेपाल ६ अंकसहित चौथो स्थानमा छ। शीर्ष स्थानको अष्ट्रेलियाको १५ अंक छ भने दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १० अंक छ। जित विहीन चाइनिज ताइपेइ अंक विहीन छ।

छनोट चरणको अन्तिम खेलमा नेपालले जेठ २८ गते अष्ट्रेलियासँग खेल्दै विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट यात्रा सक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .