खेल


चितवनलाई पराजित गर्दै काठमाडौं रेजर्स शीर्ष स्थानमा


नेपालखबर
काठमाडौं, बैशाख २६

चितवन एफसीमाथि जित निकाल्दै काठमाडौं रेजर्स तालिकाको शिर्ष स्थानमा रहँदै नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौं प्ले अफमा प्रवेश गरेको हो।

काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउ र संजोक राईले एक एक गोल गरे भने चितवनका राजिव लोप्चनले सान्तोना गोल फर्काएका थिए।

पराजय सँगै चितवन जारी प्रतियोगितामा जित विहिन हुँदै बाहिरिएको छ। ६ खेलबाट २ खेलमा मात्र बराबरी खेलेको चितवनले बाँकी सबै खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिएको हो।

काठमाडौंलाई अग्रता निकाल्ने क्रममा १७ औं मिनेटमा मेसौके ओलोमोउले गोल गरेका थिए। ३४ औं मिनेटमा संजोक राईले गोल गर्दै काठमाण्डौंलाई २–० को अग्रता दिलाए । विश्वास श्रेष्ठको पासमा चितवनका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा संजोकले गोल गरेका थिए।

खेलको ४० औं मिनेटमा राजिब लोप्चनले गोल गर्दै चितवनलाई २–१ को स्थितिमा ल्याए। सुनिल श्रेष्ठको प्रहार काठमाडौंका गोलकिपर विनायक श्रेष्ठले रोकेपछि आएको रिबाउन्डमा राजिबले गोल गर्दै अग्रता घटाएका थिए।

८१ औं मिनेटमा काठमाडौंका प्रिजेन तामाङले गोलकिपरसँगको वान भर्सेस वानमा गोलको अवसर गुमाए। प्रिजेनको कडा प्रहार चितवनका गोलकिपर रोमन रसाइलीको टाउको लाग्दै बाहिरिएको थियो। ८४ औं मिनेटमा पनि प्रिजेन गोल गर्न चुके।

खेलमा काठमाडौंका तेज तामाङ प्लेयर अफ दि म्याच चुनिए। उनले २५ हजार प्राप्त गरे। इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका विश्वास उदास चुनिँदै नगद १० हजार प्राप्त गरे।

जितसँगै काठमाडौंले ६ खेलमा १३ अंक जोड्यो। अब काठमाडौंले प्ले अफमा दोस्रो स्थानको धनगढी एफसीसँग खेल्नेछ। अर्को प्ले अफमा ललितपुर सिटीले बुधबार बुटवल एफसीसँग खेल्नेछ। काठमाडौं र धनगढीबीचको खेल मंगलबार हुनेछ। यस खेलको विजेता फाइनल पुग्नेछ।

यस खेलमा पराजित हुने टोलीले बिहीबार ललितपुर र बुटवल लुम्विनीबीचको विजेतासँग फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्नेछ।

बैशाख २६, २०७८, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors