हाल ३४ खेल सम्पन्न भइसक्दा एथ्लेटिकोको ७६ र रियल तथा बार्साको समान ७४–७४ अंक छ।
यसैहप्ताको शनिबार बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ। खो खेलमा हुने हार जितले को विजेता बन्ने भन्ने लगभग सुनिश्चित हुनेछ।
यदी बार्साले एथ्लेटिकोलाई जिते बार्सा शीर्ष स्थानमा उक्लनेछ र उसको ७७ अंक हुनेछ। यो भनेको शीर्ष स्थानको एथ्लेटिकोको भन्दा एक अंक बढी हो।
तर बार्सा र रियल दुवैले सबै खेल जिते हेड–टु–हेड नियमको आधारमा रियलले उपाधि उचाल्नेछ। यदी रियलले एकमा हार अथवा बराबरी खेलेमा मात्र पनि बार्सा च्याम्पियन बन्नसक्छ।
यस्तो अवस्थामा बार्साले भने सबै खेलमा जित निकाल्नुपर्नेछ। जे भएपनि बार्साले बलियो एथ्लेटिकोलाई जित्नैपर्छ नभए उसको उपाधि सपना टुक्रिनेछ।
यसबीचमा बार्साका कप्तान लियोनल मेस्सीले आफ्नो घरमा खेल सहकर्मी सबैलाई बार्बिक्यू पार्टीमा बोलाएका छन्।
एथ्लेटिकोसँगको खेल अगाडि मेस्सीले आफ्ना सहकर्मीको मनोबल उच्च बनाउन उक्त पार्टीको आयोजना गरेको मार्कामा जनाइएको छ।
मार्काका अनुसार मेस्सीको घरबाट ‘च्याम्पियन्–च्याम्पियन्’ भनेको आवाज पनि सुनिएको छ।
प्रतिक्रिया