ad ad

खेल


चितवनलाई पराजित गर्दै विराटनगर शीर्षस्थानमा

चितवनलाई पराजित गर्दै विराटनगर शीर्षस्थानमा

नेपालखबर
बैशाख २०, २०७८ सोमबार १५:५३,

एफसी चितवनलाई पराजित गर्दै विराटनगर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा विराटनगरले चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो। विराटनगरको जितमा स्पेनिस फरवर्ड पेड्रो मान्जी र सन्तोष तामाङले गोल गरे।

खेलको ७३औं मिनेटमा पेड्रो मान्जीले गोल गर्दै विराटनगरलाई १–० को अग्रता दिलाए। सुनिल बलको फ्रिकिकलाई पेनाल्टी बक्सभित्र पेड्रोले नियन्त्रणमा लिँदै गोल गरेका थिए। ८१औं मिनेटमा मनिष थापाको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा चितवन बराबरीबाट चुक्यो।

८९औं मिनेटमा सन्तोष तामाङले पेनाल्टी बक्सबाहिरबाट गोल गर्दै विराटनगरलाई २–० को जित दिलाए।
लिगको आजको खेलमा विराटनगरका सुरज ज्यु ठकुरी इमर्जिङ खेलाडी घोषित भए। उनले १० हजार रुपैयाँ पाए। विराटनगरकै रन्जित धिमाल प्लेयर अफ दि म्याच चुनिए। उनले २५ हजार रुपैयाँ हात पारे।

जितसँगै विराटनगर ४ खेलबाट ७ अंक जोडेर शीषस्थानमा उक्लिएको छ। समान ७ अंक रहेपनि विराटनगरले हेड टु हेड र गोलअन्तरमा धनगढीलाई पछि पारेको हो। पराजित चितवन ४ खेलबाट २ अंक जोडेर तादिकाको पुछारमा छ।

लिगमा बुटवल लुम्विनी ३ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा छ। चार खेलबाट ५ अंक जोडेको पोखरा थन्डर्स चौथो स्थानमा छ। ४ अंक जोडेको काठमाडौं रेजर्स पाँचौ र ३ अंक जोडेको ललितपुर छैटौं स्थानमा छ।
लिगमा भोलि मंगलबार बुटवल लुम्विनी र काठमाडौं रेजर्सबीचखेल हुनेछ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा जारी लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी छन्।

लिगको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख रुपैयाँ हात प्राप्त गर्नेछन्। व्यक्तिगत विधाका उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .