ad ad

खेल


पहिलो हाफमा अघि बढिसकेको रोमा अन्ततः युनाइटेडसँग फराकिलो अन्तरले पराजित

पहिलो हाफमा अघि बढिसकेको रोमा अन्ततः युनाइटेडसँग फराकिलो अन्तरले पराजित

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार ३:५२,

युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले रोमालाई फरकिलो अन्तरले पाखा लगाएको छ। बिहीबार राति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले रोमालाई ६–२ को फराकिलो अन्तरले हराएको हो।

युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र इडिन्सन काभानीले दुई–दुई गोल गरे। पल पोग्वा र मासन ग्रिनवुडले एक/एक गोल गरे। रोमाका लोरेन्जो पेलिग्रिनी र इडेन जेकोले एक एक गोल फर्काए।

ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली युनाइटेडले खेलको नवौं मिनेटमा ब्रुनो फर्नान्डेसको गोलमा अग्रता लिएको थियो। तर १५औं मिनेटमा रोमाका लोरेन्जो पेलिग्रिनीले पेनाल्टीमार्फत बराबरी गोल फर्काए। फेरि ३४औं मिनेट (पहिलो हाफ) मा इडेन जेकोले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। तर अग्रता जोगाउन नसक्दा रोमा हार भोग्न बाध्य भएको हो।

खेलको ४८औं मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा काभानीले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। ६४औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गरे। ७१औं मिनेटमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अघि बढाएका थिए।

७५औं मिनेटमा ब्रुनोको पासमा पल पोग्वाले गोल गरेपछि युनाइटेडले ५–२ ले अग्रता बनायो। खेलको ८६औं मिनेटमा मासन ग्रिनवुडले गोल गर्दै युनाइेटलाई ६–२ को जित दिलाए। दोस्रो लेगको खेल रोमाको घरेलु मैदानमा ७ मेमा हुनेछ।

गएराति नै भएको अर्को सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भिल्लारियलले इंग्लिस क्लब आर्सनललाई पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा भिल्लारियलले आर्सनललाई २–१ ले हराएको हो। दोस्रो लेगको खेल आर्सनलको मैदानमा ७ मेमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .