जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी छ। निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैँक, वित्तिय संस्थाका कर्मचारी, एयरपोर्ट जाने आउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने भएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्ञप्तिमा त्यस्ता कार्यमा यात्रा गर्दा कँही कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न आग्रह गरिएको छ।
अनाश्यक सन्दर्भमा पनि अत्याश्यक भनी सवारी पास माग गर्ने गरेको पाइएकाले वैशाख १७ गतेदेखि मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्य बाहेक जिप्रका काठमाडौँबाट सवारी पास जारी नहुने विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया