ad ad

खेल


नेपाल नेदरल्यान्डसँग ३ विकेटले पराजित

नेपाल नेदरल्यान्डसँग ३ विकेटले पराजित

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ११:७,

तीन देश सम्मिलित टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डले घरेलु टोली नेपालविरुद्ध तीन विकेटको जित हात पारेको छ।

त्रिवि मैदान कीर्तिपुरमा आज भएको खेलमा नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्यान्डले ३ बल बाँकी छँदै भेट्टाएको हो।

शृंखलाको पहिलो खेलमा नेदरल्याण्ड नेपालसँग ९ विकेटले पराजित भएको थियो।

नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ दशमलव ३ ओभरमा ७ विकेट गुमाएर भेट्टायो। जितसँगै नेदरल्याण्डले आफ्नो टि–ट्वान्टी खेलमा सर्वाधिक ठूलो लक्ष्य भेट्टाएको हो।

नेपाल र नेदरल्याण्ड्स दुवैले फाइनलमा स्थान बनाउन अर्को खेलसम्म कुर्नुपर्ने भएको छ।

नेदरल्याण्ड्सका वेन डि लिड ८१ रनमा नटआउट रहे। ४२ बलको सामना गरेका लिडले ७ चौका र ५ छक्का हाने।

नेदरल्याण्डका वेन कोपर ५५ रनमा पवेलियन फर्के। कप्तान पिटर सिलारले ३१ रन थपे। टोविस भिसे १५, म्याक्स ओडुड ९, आर्यन दुत शून्य रनमा आउट भए।

नेपालका लेगस्पिनर सन्दीप लामिछानेले ४ विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा ४८ रन खर्चे। कुशल मल्ल, करण केसी र अविनास बोहोराले एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रनको योगफल तयार पारेको थियो।

ओपनर कुशल भुर्तेलले ६२ र उपकप्तान दिपेन्द्रसिंह ऐरिले ६० रनको किर्तिमानी प्रदर्शन गरे। ४६ बलको सामना गरेका भुर्तेलले ८ चौका र १ छक्का मद्धतमा ६२ रनको योगदान गरे। ३० बलको सामना गरेका उपकप्तान दिपेन्द्रसिंह ऐरिले ६० रन थपे। उनले ५ छक्का र ३ चौका हाने।

कप्तान ज्ञानेन्द्र मल्ल २०, कुशल मल्ल १८ रनमा पवेलियन फर्के। करण केसी १ रनमा आउट भए। अर्का ओपनर आसिफ शेख शुन्य रनमा आउट भए।

सोमपाल कामी २१ रन र विनाेद भण्डारी ७ रनमा नटआउट रहे। ७ बलको सामना गरेका भण्डारीले ७ रन नै जोडे। १३ बलको सामना गरेका सोमपालले २ चौका र १ छक्का हाने।

नेदरल्याण्ड्सका पिटर सिलार, भिभिन किगंमाले समान २ विकेट लिए। आर्यन दुत, बास डे लिडेले एक एक विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .