खेल


नेपाल सुपर लिगको आधिकारिक बल पार्टनर बन्यो निभिया

नेपाल सुपर लिगको आधिकारिक बल पार्टनर बन्यो निभिया

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ६:४८,

नेपाल सुपर लिगले आधिकारिक बल पार्टनरमा निभियासँग सम्झौता गरेको छ।

सम्झौतासँगै लिगमा निभियाको ‘अष्टांग’ बल प्रयोग हुनेछ। यो विश्व फुटबलको सर्वोच्च संस्था फिफाको प्रो क्याटेगोरी सर्टिफाइड फुटबल हो।

राम्रोसँग उफ्रिने, पानी सोस्ने, बाटुलो हुनुपर्ने लगायतका प्यारामिटर गुणस्तर प्रमाणित बल फिफाको मापदण्डभित्र पर्छ। यो बलले उक्त मापदण्ड पालना गरेको छ। स्विट्जरल्यान्डको फिफाको प्रयोगशालामा यसको परीक्षण भएको थियो भने अन्तर्राष्ट्रिय खेलमा प्रयोग योग्य बल हो।

nivia ball20

चर्चित इन्डियन ब्रान्ड निभियाले दशकौँदेखि फुटबल प्रवर्द्धनमा सहकार्य गर्दै आएको जनाएको छ। यसअघि सन् २०१३ मा नेपालले आयोजना गरेको साउथ एसियन फुटबल फेडेरेसन च्याम्पियनशिप (साफ) मा पनि निभिया नै अफिसियल बल पार्टनर थियो।

त्यतिबेला कम्पनीले निभिया सिम्बोलो फुटबल उपलब्ध गराएको थियो।

निभियाका मेनेजिङ डाइरेक्टर राजेश खरबन्दले अष्टांग बल नयाँ संस्करणको व्यावसायिक फुटबल भएको बताए। खेललाई अर्को स्तरमा लैजानेमा विश्वस्त रहेको उनले बताए।

nivia ball22

यो बल भारतमा बनेको हो। ८ प्यानेलमा बनेको बलको सिम लेंग्थ २३ प्रतिशतले घटाइएको छ। परम्परागत बलमा ३२ प्यानेल हुन्छ। यसले प्रतिस्पर्धी खेलमा सहयोग हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .