ad ad

खेल


कुशल र करण चम्किएपछि मलेसियाविरुद्ध नेपालको शानदार जित

कुशल र करण चम्किएपछि मलेसियाविरुद्ध नेपालको शानदार जित

नेपालखबर
बैशाख ६, २०७८ सोमबार १०:४६,

कुशल भुर्तेल र करण केसी चम्किएपछि त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले मलेसियाविरुद्ध शानदार जित निकालेको छ।

सोमबार भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित निकालेको हो।

नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। नेपालले सिरिज अन्तर्गतको आफ्नो तेस्रो खेलमा भोलि नेदरल्याण्ड्ससँग खेल्नेछ।

मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १२ दशमलव १ ओभरमा १ विकेट गुमाएर भेट्टायो। नेपालको जितमा कुशल भुर्तेलले ६१ रनको रनको अविजित पारी खेले।

कुशलले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। आसिफ शेख ४२ रन जोड्दा क्याच आउट हुन पुगे। २९ बलको सामना गरेका आसिफले ४ चौका र १ छक्का हाने। दिपेन्द्रसिंह ऐरि ६ रनमा नटआउट रहे।

त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको मलेसिया १६ दशमलव ५ ओभरमा १ सय ९ रन जोड्दा अलआउट भयो। कसिलो बलिङ गरेका नेपालका बलरहरुले मलेसियाका ब्याट्सम्यानलाई लामो समय क्रिजमा टिक्न दिएनन्।

लगातार विकेट पतनपछि दबाबमा आएको मलेसियाका लागि सयद अजिजले जोडेको २७ रन नै सर्वाधिक बन्न पुग्यो। मलेसियाका ८ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। सर्भिन मुनियनडेले २० र साफिक सारिफले १५ रन थपे।

करण केसी एक्लैले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए। सोमपाल कामी, कुशल मल्ल, साहब आलम र दिपेनद्र सिंह ऐरिले एक एक विकेट लिए। ऐरिले टि–२० आइमा आफ्नो करियरको पहिलो विकेट लिएका हुन्। यसअघि उनले एक दिवसीय खेलमा २ विकेट झारेका छन्।

कुशलको कीर्तिमान
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले त्रिकोणात्मक टि–२० सिरिजमा मलेसियाविरुद्ध ६१ रनको अविजित पारी खेले।

कुशल नेपालबाट करियरको सुरुवाती दुबै खेलमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। त्यस्तै नेपालबाट टि२० आईमा लगातार दोस्रो अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्।

कुशलले ३ चौका र ५ छक्का मद्धतमा २६ बलमा अर्धशतक पुरा गरेका हुन्। पहिलो खेलमा कुशलले नेदरल्यान्ड्सविरुद्ध ६२ रनको इनिङस् खेलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .