खेल


बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै

बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै

प्रकाश न्यौपाने
माघ १२, २०७७ सोमबार १२:२०,

रुपन्देहीको भैरहवामा तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ।

स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा माघ १४ गतेदेखि २३ गतेसम्म प्रतियोगिता हुन लागेको हो। स्व. खड्गप्रसाद पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्तिप्रसाद गौचनका बुवा हुन्।

स्टार एकेडेमी पनि शक्तिले सञ्चालन गर्दै आएका छन्। शक्तिले आफ्नो बुवाको स्मृतिमा विगत तीन वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आएका छन्।

‘बुवालाई पनि सम्झीरहन र क्रिकेट खेलले नयाँनयाँ खेलाडीहरु उत्पादन गर्न सहयोगसमेत पुग्ने भएकाले मैले प्रतियोगिता आयोजना गर्दै आएको छु’, भैरहवामा आयोजित पत्रकार सम्मेलनमा गौचनले भने।

भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगितामा विभिन्न एकेडेमी र स्कूल गरी ८ टिमको सहभागिता हुनेछ। प्रतियोगितामा पोखरा, काठमाडौं र धनगढीका टिम पनि सहभागी हुने शक्तिले जानकारी दिए।

प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ। उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाइृ पनि पुरस्कृत गरिने गौचनले जानकारी दिए।

पहिलो संस्करण विद्यालयस्तरीय रुपमा आयोजना गरिएकोमा दोस्रो रुपन्देही जिल्ला स्तरीय आयोजना गरिएको थियो। तेस्रो संस्करणलाई राष्ट्रिय स्तरमा आयोजना गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितामा काशी नोबल एकेडेमी, साइ ग्लोबल एकेडेमी, स्टार क्रिकेट एकेडेमी, रुपन्देही ११, धनगढी क्रिकेट एकेडेमी, ओषिश क्रिकेट एकेडेमी काठमाडौं, न्यू होराइजन एकेडेमी र पोखरा क्रिकेट एकेडेमी सहभागी हुनेछन्।

शक्तिको स्टार एकेडेमीमा अहिले ५० जना प्रशिक्षार्थीले क्रिकेट सिकिरहेका छन्। राष्ट्रिय टिमबाट संन्यास लिएपछि उनले एकेडेमीमार्फत् नयाँ खेलाडीहरु उत्पादनमा टेवा पुर्याउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad