ad ad

खेल


राष्ट्रिय महिला लिगः रौतहटको पोष्टमा एपीएफको आधा दर्जन गोल

राष्ट्रिय महिला लिगः रौतहटको पोष्टमा एपीएफको आधा दर्जन गोल

नेपालखबर
माघ ८, २०७७ बिहिबार ८:१९,

सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा सशस्त्र प्रहरीको एपीएफ क्लबले राष्ट्रिय महिला लिगमा विजयी सुरुवात गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा भएको खेलमा एपीएफले चन्द्रपुर नगरपालिका रौतहटलाई ६–० गोल अन्तरले पाखा लगाएको हो।

पहिलो हाफमा २–० ले अग्रता बनाएको एपीएफले बाँकी सबै गोल दोस्रो हाफमा गरेको हो।

खेलको प्लेयर अफ दि म्याच समेत बनेकी सम्बाले खेलको दोस्रो हाफमा ह्याट्रिक पुरा गरेकी हुन्।

पहिलो हाफको १४ औं मिनेटमा सावित्रा भण्डारीको गोलमा एपीएफले अग्रता बनाएको थियो। सावित्राले खेलको ६२ र ७३ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

२२औँ मिनेटमा अञ्जली योञ्जनले गोल गर्दै अग्रता दोब्बर पारिन्।

६४औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै टोलीको अग्रता फराकिलो पािरन्। सब्टिच्युट प्लेयरको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेकी प्रितीले ८९ औं मिनेटमा गोल गर्दै ६–० को अग्रता लिइन्।

आजै हुने दोस्रो खेलमा वालिङ नगरपालिका स्याङ्जा र विराटनगर नगरपालिका मोरङ भिड्नेछन्।

एपीएफको जर्सीमा प्रिती राई
उमेर समुहमा अब्बल प्रदर्शन गर्दै आएकी प्रिती राई जारी लिगबाट विभागीय टोली सशस्त्र प्रहरीको एपीएफबाट सिनियर टोलीमा डेब्यु गरेकी छिन्।

एपीएफबाट डेब्यु खेलमा प्रितीले दोस्रो हाफको अन्तिम मिनेटमा गोल गर्दै उत्कृष्ट सुरुवात गरेकी छन्। काठमाडौ जिल्लाबाट खेल्दै आएकी प्रिती सिनियर टोलीबाट पहिलो गोल गर्दा आफैँ आश्चर्यमा परेको सुनाइन्।

यु–१५ टोलीकी कप्तान समेत रहेकी प्रितीले उमेर समूहमा आफूलाई प्रमाणित गरिसकेकी छिन्। विभागमा आबद्ध भएपछि प्रिती पहिलो पटक एपीएफको जर्सीमा मैदान उत्रेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .