खेल


दिल्लीले थप्यो लेग स्पिनर, सन्दीपलाई समस्या

दिल्लीले थप्यो लेग स्पिनर, सन्दीपलाई समस्या

नेपालखबर
साउन १६, २०७६ बिहिबार ११:५७,

दिल्लीले बुधबारमात्रै वेष्ट इंण्डिजका अलराउण्डर सर्फान रुथरफोर्डलाई मुम्बई इंण्डियन्स पठाउँदै लेग स्पिनर मयंक मार्कान्डेलाई  टोलीमा भित्र्याएको हो।

२१ वर्षे मयंकलाई टोलीमा स्वागत गर्दै दिल्लीका सल्लाहकार सौरभ गांगुलीले आधुनिक क्रिकेटमा क्वालिटी लेग स्पिनरको भुमिका महत्वपूर्ण हुने भन्दै अर्का लेग स्पिनर अमित मिश्रा र मयंकको जोडीले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन्।

मर्कान्डे हाल भारतको ए टोलीबाट वेष्ट इंण्डिजको भ्रमणमा रहेका छन्। उनले यसअघि मुम्बई इंण्डियन्सबाट दुई सिजन खेलेका छन्। जसमा १७ खेल खेल्दै उनले १६ विकेट लिएका छन्।

अघिल्लो सिजनमा उनले सनराइजर्स हैदरावादविरुद्ध ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिएका थिए। आइपीएलमा त्यो उनको उत्कृष्ट प्रदर्शन हो। त्यसबाहेक पञ्जाबबाट डेब्यु  रण जी ट्रफी खेल्दै उनले ६ खेलबाट २९ विकेट लिएका थिए।

सन्दीपलाई बेफाइदा

मर्कान्डेलाई थपेसँगै दिल्ली क्यापिटल्समा चार लेग स्पिनर पुगेका छन्। मारकन्डेसँगै दिल्लीमा सन्दीप, अमित मिश्रा र राहुल तेवतिया दिल्लीका लेग स्पिनर हुन्।

दिल्लीसँग तीन वर्षको सम्झौता भएका सन्दीपले आगामी सिजनपनि दिल्लीबाट नै खेल्नेछन्। पहिलो सिजनमा ३ तथा दोस्रो सिजनमा ६ खेल खेल्न पाएका सन्दीपले थप एक लेग स्पिनर थपिएसँगै नयाँ सिजनमा बढी खेल खेल्न पाउँने संम्भावना कम बनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .