कारोबार


‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ गौरव गर्न लायकः श्रममन्त्री विष्ट

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ गौरव गर्न लायकः श्रममन्त्री विष्ट

नेपालखबर
साउन १६, २०७६ बिहिबार ११:५३,

सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत् करिब १ लाख ७६ हजार जनाले रोजगारी पाएको दाबी गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् एक वर्ष भित्र १ लाख ७५ हजार ९०९ जनालाई रोजगारी दिइएको जानकारी गराएको हो।

सबै स्थानीय तहमा ६ हजारभन्दा बढी आयोजना सञ्चालन गरी गरिबीको चपेटामा परेका बेरोजगार करिब एक लाख ७६ हजार जनालाई एक वर्षभित्र रोजगारीको अवसर दिइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताए।

उनले बजेट कम भएपनि नेपालको ईतिहासमा पहिलो पटक सरकारले काम गरेर गरिखाने ऐतिहासिक काम सुरुवात गरेको उल्लेख गर्दै सरकारलाई त्यसमा गर्व लागेको पनि बताए। सरकारले गत आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सबै स्थानीय तहका लागि २ अर्व ३६ करोड ७९ लाख ६९ हजार बजेट विनियोजन गरेको थियो।

थोरै बजेटबाट पनि विभिन्न आयोजनाहरु सञ्चालन गरी सरकारले सो कार्यक्रममार्फत गरिब समुदायका युवाहरुलाई रोजगारी दिने काम गरेकोमा गौरवको अनुभूति गरिरहेको पनि मन्त्री विष्टको भनाई छ।

मन्त्री विष्टले सो कार्यक्रम लागू गर्न सरकारले ८६ वटा प्रक्रियालाई पूरा गरेको पनि स्मरण गराए। उनले प्रधानमन्त्री रोजगार कार्यक्रम निष्पक्ष रहेको र त्यसलाई प्रभावकारी ढंगले अघि बढाउन सरकारले आवश्यक नीतिगत, कानुनी र संरचनागत आधार तयार पारिसकेको दाबी पनि गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .