ad ad

खेल


चिनियाँ कम्पनीले छाेडेकाे आईपीएलको मुख्य प्रायोजन ड्रिम ११ ले गर्ने

चिनियाँ कम्पनीले छाेडेकाे आईपीएलको मुख्य प्रायोजन ड्रिम ११ ले गर्ने

नेपालखबर
भदौ २, २०७७ मंगलबार १०:२४,

इण्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) २०२० को १३औँ संस्करणको मुख्य प्रायोजन भारतीय फेन्टासी स्पोर्ट्स प्लेटफर्म ड्रिम ११ ले गर्ने भएको छ।

व्यावसायिक समूह टाटा सन्स, अनलाइन शैक्षिक प्लेटफर्म बाइजुस र अनएकेडेमीलाई पछि पार्दै ड्रिम–११ ले २ सय २२ करोड भारतीय रुपैयाँमा मुख्य प्रायोजन गर्ने भएको आईपीएलले जनाएको छ।

ड्रिम–११ ले अगष्ट १८ देखि २०२० डिसेम्बर ३१ सम्म प्रायोजन गर्नेछ। ड्रिम ११ ले २०२१ का लागि पनि प्रायोजन गर्न चाहेमा पुनः नयाँ सम्झौता गरिनेछ।

आईपीएलको मुख्य प्रायोजकबाट चाइनिज कम्पनी भिभोले साथ छोडेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले टाइटल स्पोन्सरको लागि साउन २७ गते सोमबार आवेदन माग गरेको थियो। आईपीएलको मुख्य प्रायोजक बन्नका लागि ३ सय करोड भारतीय रुपैयाँभन्दा बढी मूल्य तोकिएको थियो।

लद्दाखमा भारत र चीनका सैनिकबीच भएको झडपपछि दुई देशबीचको सम्बन्धमा चिसोपन आएको छ। सोही कारण भारत सरकारले चिनियाँ सामाजिक सञ्जाललगायत ६० वटा एप्लिकेसन भारतमा बन्द गराएको छ।

त्यही माहोलमा मुख्य प्रायोजक चाइनिज कम्पनी भिभोले आईपीएलबाट आफूलाई अलग गरेको हो। जसका कारण बीसीसीआईलाई भारतीय ४ सय ४० करोड रुपैयाँ घाटा भएको छ। आईपीएल सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म यूएईमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .