ad ad

खेल


च्याम्पियन्स लिगः फाइनल प्रवेशका लागि आज पीएसजी र लिपजिग भिड्दै

च्याम्पियन्स लिगः फाइनल प्रवेशका लागि आज पीएसजी र लिपजिग भिड्दै

नेपालखबर
भदौ २, २०७७ मंगलबार १०:२३,

पहिलो सेमिफाइनलको खेल नेपाली समयअनुसार आजराति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

आजका विजेता लिगको फाइनलमा पुग्नेछन्। विजेताले लियोन र बार्यन म्युनिखबीचका विजेतासँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ।

बुधबार राति १२ बजेर ४५ मिनेटमा लियोन र बार्यनबीच खेल हुनेछ।

जर्मन क्लब लिपजिगले गत बिहीबार एथ्लेटिको मड्रिडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो भने पीएसजीले सेमिफाइनलमा पुग्न एटलान्टालाई पराजित गरेको थियो।

लिपजिग र पीएसजीले हालसम्म पनि च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन। त्यसैले यी दुवै टोलीले एकअर्काविरुद्ध फाइनल प्रवेशका लागि कडा टक्कर दिने अनुमान गरिएको छ।

पीएसजी सन् १९९५ पछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो भने लिपजिगले च्याम्पियनस लिगमा दोस्रोपटक सहभागिता जनाएको हो। लिपजिगले पहिलोपटक सेमिफाइलन खेल्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .