बंगलादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना संक्रमण भएको छ।
सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनाेट खेलमा सहभागी हुनुअघि परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएकाे हो।
बंगलादेशका फुटबल महासंघका महासचिव अबु नयिम साेहङले शुक्रबार भने, ‘परीक्षण गर्नुपूर्व ती कुनै पनि खेलाडीमा कोरोनाका लक्षण देखिएका थिएनन्, तर परीक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको हो।’
बंगलादेशकामा अहिलेसम्म २ लाख ५० हजारभन्दा बढी जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ३ हजार ३ सयभन्दा बढी बिरामीको मृत्यु भएको छ। एजेन्सी
प्रतिक्रिया