अब भने हरेक टोलीले एक खेलमा ५ जनासम्म खेलाडी परिवर्तन गर्न पाउने भएका छन्।
फिफाले प्रस्ताव गरेको पाँच खेलाडी परिवर्तनको अवधारणालाई इन्टरनेसनल फुटबल एसोसियसन बोर्डले स्वीकृत गरेको बीबीसीले जनाएको छ।
तर यो क्यालेन्डर वर्षभरी मात्र नयाँ नियम लागू हुने पनि जनाइएको छ। खेलाडीहरुको स्वास्थ्य अवस्था मध्यनजर गर्दै नयाँ नियम ल्याइएको जनाइएको छ।
कोरोना प्रकोपबीच यसै महिनादेखि जर्मन बुन्डेस लिगा सुचारु हुन लागेको छ। आगामी हप्ता स्पेनिस ला लिगा सुचारु हुने पनि जनाइएको छ। एजेन्सी
प्रतिक्रिया