खेल


सुनसरीका १३ विद्यालयमा ‘फुटबल फर स्कुल्स’ कार्यक्रम

सुनसरीका १३ विद्यालयमा ‘फुटबल फर स्कुल्स’ कार्यक्रम

फाइल फोटो


नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १५:५७, धरान (सुनसरी)

खेलकुदमार्फत बालबालिकाको समग्र विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरीका १३ वटा विद्यालयमा ‘फुटबल फर स्कुल्स’ कार्यक्रम सुरु गरिएको छ।

कोशी प्रदेश फुटबल सङ्घ र सुनसरी जिल्ला फुटबल सङ्घको आयोजनामा तथा अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा) र युनेस्कोको सहयोगमा सञ्चालन भएको कार्यक्रम आजदेखि जिल्लाका विभिन्न विद्यालयमा सुरु गरिएको हो। 

आज यहाँ धरान उपमहानगरपालिका–१७ स्थित नेपाल फुटबल सङ्घ ९एन्फा० एकेडेमी रङ्गशालामा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङले कार्यक्रम शुभारम्भ गरेका हुन्। उनले चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकामा फुटबलको पहुँच बिस्तार गर्ने उद्देश्यसहित कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताए।

अध्यक्ष नेम्वाङका अनुसार ‘फुटबल फर स्कुल्स’ कार्यक्रम देशभरका ७७ जिल्लाका एक हजार ७२ विद्यालयमा सञ्चालन गरिनेछ। कार्यक्रमअन्तर्गत ३२ हजार ६४० वटा फुटबलसमेत वितरण गरिने उहाँले जानकारी दिए। सुनसरीमा विभिन्न स्थानीय तहका १३ विद्यालय चयन गरी कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।

समूहमा खेलिने फुटबलजस्ता कार्यक्रमले बालबालिकामा शारीरिक स्फूर्ति, मानसिक धैर्यता, समूहगत समन्वय, नेतृत्व क्षमतादेखि निर्णय गर्ने कौशल विकास गर्ने अपेक्षा गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad