ब्राइटनविरुद्ध जित हात पार्दै एभर्टनले इङ्लिस प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ।
आइतबार राति एभर्टनको घरेलु मैदानमा बनेको नयाँ मैदान हिल डिकिन्सन रगंशालामा भएकाे खेलमा एभर्टनले ब्राइटन एण्ड होभ एल्वियनमाथि २–० को जित हात पारेको हो।
पहिलो हाफको २३ औँ मिनेटमा इलिमान एनडियायेको गोलमा घरेलु टोलीले सुरुवाती अग्रता बनाएको थियो। खेलको ५२ औँ मिनेटमा जेम्स गार्नरको गोलमा एभर्टनले अग्रता दोब्बर पार्याे।
एभर्टनको दुवै गोलमा ज्याक ग्रिलिस नायक बने। एलिमान र जेम्सको गोलमा ज्याकले पास उपलब्ध गराएका थिए। म्यानचेष्टर सिटीबाट लोनमा एभर्टन आएपछि उनलाई पहिलो पटक सुरुवाती मौका दिएको थियो।
एभर्टनको दुवै गोलमा महत्वपूर्ण भुमिका खेल्दै उनले टोलीलाई महत्वपूर्ण ३ अंक दिलाउन सफल भए।
गएराति नै भएको अर्काे खेलमा म्यानचेष्टर युनाइटेड र फुलहामले १–१ काे बराबरी खेल्दै अंक बाँडेका छन्। क्रिष्टल प्यालेस र नटिङघम फरेष्टले पनि १–१ को बराबरी गर्दै अंक बाँडे।
Shares

प्रतिक्रिया