भुटानको थिम्पुमा हुने एएफसी अन्डर-२० महिला एसियन कप छनोट खेल्न नेपालको टोली घोषणा गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिर्सना चौधरीको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो।
जसमा लीला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ गोलकिपर, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू पान्धक, सिम्रन राई, सन्जिता स्याङ्तान, गंगा रोकाया, अनिशा राई र सीता रोकाया डिफेन्डर, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी (कप्तान) र सेनु परियार मिडफिल्डर तथा कुसुक खतिवडा, सुक्रिया मिया, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर फरवार्डमा छन्।

छनोट प्रतियोगितामा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ।
नेपाल समूह ‘ए’ मा छ। यस समूहमा उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन्।
समूह ‘ए’का खेलहरू साउन २१ देखि २६ गतेसम्म थिम्पुमा हुने छन्।
Shares

प्रतिक्रिया