नेपालखबरकर्मी दिनेशकुमार बुढालाई खेलकुद प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयले नेपालखबरका कर्णाली प्रदेश समाचारदाता बुढालाई नगदसहित प्रमाण–पत्र प्रदान गरेको हो।
मन्त्रालयले सोमबार बुढासहित १० जना खेलकुद पत्रकारहरूलाई सम्मान गरेको छ।
सम्मानित हुनेहरूमा कोसी प्रदेशबाट मुकुन्द घिमिरे, मधेस प्रदेशबाट सरदचन्द्र भट्टराई, बागमती प्रदेशबाट विक्रमकुमार बानियाँ, गण्डकी प्रदेशबाट दिननाथ बराल, लुम्बिनी प्रदेशबाट स्वस्तिक श्रेष्ठ र सूदुरपश्चिम प्रदेशबाट दिनेशबहादुर विष्ट छन्।
यस्तै, प्रोत्साहन पुरस्कार प्राप्त गर्नेमा समावेशी (महिला)तर्फ व्यास नगरपालिका–१ तनहुँकी नमिता दाहाल र दलितमा नेपालगञ्ज उपमहानगरपालिका–१३ बाँकेकी रुपा गहतराज छन्।
साथै युवा तथा खेलकुद मन्त्रालयले काठमाडौँ महानगरपालिका–२४ का श्रीलोचन राजोपाध्यायलाई केन्द्र तथा अनुभवका आधारमा सम्मान गरेको छ।
Shares

प्रतिक्रिया