ad ad

खेल


आफ्नो खुट्टामा बल र मेस्सी लडेको तस्बिर पोस्ट गरेपछि राकिटिकको आलोचना

आफ्नो खुट्टामा बल र मेस्सी लडेको तस्बिर पोस्ट गरेपछि राकिटिकको आलोचना

नेपालखबर
चैत २७, २०७६ बिहिबार ११:४६,

केही समययता इभान राकिटिकको प्रदर्शनलाई लिएर बार्सिलोनाका समर्थक उनीसँग रुष्ट छन्।

उनलाई नयाँ सिजनमा बार्साले बेच्ने हल्लाहरु पनि चलिरहेकोे छ।

यसबीचमा राकिटिकले इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गरे जसले गर्दा बार्साका समर्थक राकिटिकसँग झनै रुष्ट बनेका छन्।

राकिटिकले अर्जेन्टिना र क्रोएसियाबीच सन् २०१८ को विश्वकप फुटबलमा भएको खेलको तस्बिर इन्स्टामा सार्वजनिक गरेका थिए। जहाँ राकिटिकको खुट्टामा बल देखिएको छ भने मेस्सी भुइँमा लडेका छन्।

उक्त खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले पराजित गरेको थियो। तर जब राकिटिकले उक्त तस्बिर सार्वजनिक गरे मेस्सी र बार्साका समर्थकले राकिटिकको अलोचना गरिरहेका छन्।

यतिबेला राकिटिकलाई बार्साबाट निकाल्नुपर्ने भनाइहरु सामाजिक सन्जालमा चर्किन थालेको छ।

राकिटिकले उक्त पोस्ट भने डिलेट गरिसकेका छन्। यद्यपी विश्वकपमा भएको अर्जेन्टिनाविरुद्धकै खेलको अर्को तस्बिर उनले पोस्ट गरेका छन्। एजेन्सी

Ivan Rakitic, a total midfield player for the FC Barcelona

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .