खेल


खेल मैदानभित्र प्रवेश नगरिदिन प्रशंसकलाई क्यानको आग्रह

खेल मैदानभित्र प्रवेश नगरिदिन प्रशंसकलाई क्यानको आग्रह

तस्बिर : क्यान


नेपालखबर
जेठ २१, २०८२ बुधबार १३:४५, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट प्रशंसकहरुलाई खेल मैदानमा प्रवेश नगरिदिन आग्रह गरेको छ। 

सामाजिक सञ्जालमा सन्देश जारी गर्दै क्यानले सो आग्रह गरेको हो। 

आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत गत मंगलबार राति स्कटल्यान्डविरुद्धको जितपछि त्यहाँ उपस्थित नेपाली फ्यान मैदानमा छिरेर विजयोत्सव मनाएका थिए। 

प्रशंसकहरुको समर्थनले नेपाली क्रिकेटलाई ऊर्जा दिँदै आएको बताउँदै क्यानले सबैको सुरक्षा र अन्तर्राष्ट्रिय खेल नियमलाई ध्यान दिनुपर्ने भएकाले क्यानले समर्थकलाई खेल हुने क्षेत्रमा खेल भइरहँदा वा सकिएपछि नजान आग्रह गरेको जनाएको छ।

नेपालले आजै स्कटल्यान्डमा जारी लिग २ अन्तर्गत दोस्रो एकदिवसीय खेल नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ। पौने ४ बजे हुने खेल डन्डीस्थित फोर्थहिलमा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad