स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग–२ का लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भएको छ।
१५ सदस्यीय टोलीमा दिपेन्द्रसिंह ऐरी उपकप्तान छन्।
दुई चरणकाे बन्दसत्रपछि छानिएकाे टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, आरिफ शेख, बसिर अहमत र गुल्सन झा रहेका छन्।
यस्तै, सन्दीप लामिछाने, सोमपाल कामी, करन केसी, ललित राजवंशी, नन्दन यादव र रिजन ढकाल परेका छन्।
टी-२० अन्तराष्ट्रिय सिरिजका लागि किरन ठगुन्ना, लोकेश बम र रुपेश सिंहलाई टाेलीमा राखिएको छ।
बसिर, नन्दन र रिजन पछिल्लो समय नियमित टोलीमा थिएनन्।

1.5k
Shares

प्रतिक्रिया