बायर्न म्युनिखलाई ३४ औँ जर्मन बुन्डेस लिगा उपाधि जित्न अर्को खेल पर्खनुपर्ने भएको छ।
शनिबार राति रेडबुल एरिनामा आरबी लाइपजिगले बायर्नसँग ३–३ गोलको नाटकिए बराबरी गरेपछि बायर्नले उपाधि जित्न अर्को खेल पर्खनुपर्ने भएको छ।
इन्ज्युरी समयको पाचौँ मिनेटमा युसुफ पोल्सेनले गोल गरेपछि बायर्नले उपाधि सुरक्षित गर्न सकेन।
अंक तालिकामा ३२ खेलबाट ७६ अंक जोडेको बायर्न शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको बायर लिभरकुसेनले ३१ खेलबाट ६७ अंक बनाएको छ। बायर्नलाई अब अंक गणितिय रुपमा उपाधि जित्न थप एक अंक आवश्यक छ।
पहिलो हाफको ११ औँ मिनेटमा २१ वर्षिय बेन्जामिन सेस्कोको गोलमा लाइपजिगले सुरुवाती अग्रता बनाएको थियो। खेलको ३९ औँ मिनेटमा लुकास क्लोस्टरम्यानले हेडर गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे।
पहिलो हाफमा नै २–० ले पछि परेको बायर्नले दोस्रो हाफमा पुनरागमन गर्न सफल भएको थियो। यद्यपी अन्तिम मिनेटमा गोल खान पुग्दा उपाधि जित्न थप एक खेल पर्खनुपर्ने भएको हो।
खेलको ६२ औँ मिनेटमा डायरले गोल गर्दै बायर्नलाई खेलमा फर्कने संकेत गरेका थिए। त्यसको एक मिनेटपछि नै ओलिसले गोल गर्दै बायर्नलाई बराबरीको स्थितीमा ल्याएका थिए।
खेलको ८३ औँ मिनेटमा सानेले गोल गर्दै बायर्नलाई ३–२ को अग्रता दिलाएका थिए। तर इन्ज्युरी समयको चौथो मिनेटमा पोल्सेनले गोल गर्दै बायर्नको उपाधि जित्ने लक्ष्यलाई थप एक खेल पछि धकेले।
Shares

प्रतिक्रिया