खेल


रियल म्याड्रिडलाई हराउँदै आर्सनल १६ वर्षपछि सेमिफाइनलमा

रियल म्याड्रिडलाई हराउँदै आर्सनल १६ वर्षपछि सेमिफाइनलमा

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार ११:७, काठमाडौँ

बर्नाबेउमा पनि रियल म्याड्रिडविरुद्ध २–१ को नाटकीय जितले आर्सनल २००९ पछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।

पहिलो लेगमा ३–० को प्रभावशाली जित हासिल गरेपछि च्याम्पियन्स लिगमा तेस्रोपटक सेमिफाइनलमा पुगेको हो।

बुकायो साकाले पेनाल्टीमा गोल गर्न चुके पनि दोस्रो हाफको सुरुवातमै गल्तीको क्षतिपूर्ति गरे। 

दुवै लेगमा आर्सनलले प्रभावशाली प्रदर्शन गर्‍यो। साकाले फेरि प्रभावशाली प्रदर्शन गर्दा उत्कृष्ट प्रदर्शन इङ्‌ग्ल्यान्डका मिडफिल्डर डेक्लान राइसले गरे।

पहिलो लेगमा आफ्ना दुई आश्चर्यजनक फ्रिकिकमार्फत गोल गरेका राइस बुधबार पनि स्पेनमा छाए। रियलका सुपरस्टारहरूमाथि राइसले प्रभुत्व जमाउँदा घरेलु टोली निराश बन्न पुग्यो। 

आफ्ना प्रमुख स्ट्राइकरबिनै स्पेन पुगेको टोलीले पहिलो हाफमा भने गोल गर्न सकेन। काई हाभट्र्ज, गेब्रियल र गेब्रियल जेससजस्ता प्रमुख खेलाडीहरू घाइते भएका छन्।

विलियम सालिबाले फुत्काएको बलमा भिनिसियस जुनियरले बराबरी गोल गर्ने मौका पाए। गेब्रियल मार्टिनेलीको गोलसँगै गएरात आर्सनलका फ्यानका लागि कहिल्यै नबिर्सने क्षण बन्यो।

बुधबार रियल म्याड्रिडलाई हराउँदै आर्सनलले च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

पहिलो लेगमा ३–० को अग्रता लिएको गनर्सले म्याड्रिडमा २–१ ले जित हासिल गर्दै समग्रमा ५–१ को जितसहित सेमिफाइनलमा पुगेको हो। 

सेमिफाइनलमा आर्सनलको सामना गर्न मंगलबार पेरिस सेन्ट–जर्मेन अर्को इङ्लिस क्लब एस्टन भिल्लालाई हराउँदै अन्तिम चारमा पुगिसकेको छ। 

अन्य क्वार्टरफाइनल खेलहरूमा बार्सिलोनाले बोरुसिया डर्टमन्डलाई ५–३ ले समग्रमा हराउँदै सेमिफाइनलमा पुगेको थियो भने इन्टर मिलानले दोस्रो लेग २–२ को बराबरी खेलेपछि बायर्न म्युनिखको पनि च्याम्पियन सपना सकिएको छ।

सेमिफाइनलका पहिलो लेगका खेलहरू अप्रिल २९ र ३० मा हुनेछन्। दोस्रो लेगका खेलहरू मे ६ र ७ मा हुनेछन्। फाइनल मे ३१ मा म्युनिखको एलियान्ज एरिनामा हुनेछ।

विश्वकै उत्कृष्ट लिग मानिने इङ्‌ग्ल्यान्डको आर्सनलले रियललाई जितेसँगै प्रिमियर लिग टोली च्याम्पियन्स लिगको अन्तिम चारअघि नै बाहिरिनबाट जोगिएको छ। 

यसको अर्थ प्रिमियर लिगका शीर्ष पाँच टोलीले अर्को सिजनको च्याम्पियन्स लिग खेल्नेछन्। यद्यपि, आर्सनलले प्रतियोगिता जित्यो भने सातवटा अंग्रेजी टोली हुन सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad